Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक: चाँदतारा कुमारी


    बुधबार, जेष्ठ १८ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताएकी छन् । 

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताइन् । 

    गरिबी कार्ड बनाएर उनीहरुलाई सुविधा उपलब्ध गराउनुपर्ने जानकारी दिँदै उनले गरिबी नियन्त्रण गर्ने जिम्मा गरिबी मन्त्रालययमार्फत गरिनुपर्ने सुझाव दिइन् । 

    देशमा परिवर्तन नै नभएको भन्ने होइन भन्दै आफू मुस्लिम समुदायबाट संसदमा आउनु पनि परिवर्तन भएको उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार