Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश प्रदेश: भोलिबाट बजेट अधिवेशन सुरु, २१ जेठमा नीति तथा कार्यक्रम आउने


    बुधबार, जेष्ठ १८ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदै छ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 

    मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । 

    उनका अनुसार २१ जेठमा बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिएका छन् । 

    कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पुर्वधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी  नीति तथा कार्यक्रम ल्याउने लागिएको छ ।

    आफ्ना कार्यकालको अन्तिम वर्षमा रहेका प्रदेश सरकारले चुनाव लक्षित गरी अनुदानमुखी कार्यक्रमहरु थपिन लागेको एक नीति तथा योजना आयोगका एक कर्मचारीले बताए । उनका अनुसार वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन अनुदान, कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न लगायतका कार्यको लागि अनुदानमुलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुले जोड दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार