Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विनोद चौधरी भन्छन्- भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ


    मंगलबार, जेष्ठ १७ २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका  बताएका छन् । 

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका हुन् । 

    सरकारले पूर्वपश्चिम राजमार्ग चारलेनको बनाउने बजेट ल्याउनु सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारलाई जिम्मेवार र अधिकार दिनुपर्ने बताए । 

    स्थानीय तहकै कारण कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलता हात लागेको बताउँदै उनले आर्थिक विकास र बेरोजगार कम गर्न प्रदेशलाई जिम्मा दिनुपर्ने बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार