Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनखानीमा झडप हुँदा १०० मजदुरको मृत्यु


    मंगलबार, जेष्ठ १७ २०७९
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एनडीजामेना । अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुनखानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ । 

    १० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदुर आकर्षित भएका थिए ।  सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदुरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए । 

    घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए । एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार