Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबै क्याम्पसमा स्यानिटरी र साबुन पानीको व्यवस्था गर्न निर्देशन


    बुधबार, चैत्र ५ २०७६
    755
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ चैत ।  त्रिभुवन विश्वविद्यालयले कु्नैपनि सभा, समारोह खेलकुद लगायतका भीडभाड हुने कार्यक्रम  नगर्न आग्रह गरेको छ । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वमा महामारीको रुप लिई यसको प्रभाव विश्वका करिब १ सय ६२  मुलुकमा पर्न थालेपछि त्रिविले आफ्नो मातहतका सबै निकायलाई पत्राचार गरी सावधानी अपनाउन निर्देशन दिएको हो । 

    \"\"
    त्रिविले भाइरसबाट जोगिन क्याम्पसमा अनिवार्य रुपमा  साबुन पानीको प्रयोग गरी हातधुने सहज व्यवस्था गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, विद्युतीय हाजिरी गर्ने स्थानमा  सावुनपानीले हातधुने व्यवस्था गराउने वा स्यानिटाइजरको व्यवस्था गर्ने, विद्यार्थीलाई रुघा, खोकी, ज्वरो आएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न लगाउने, कार्यालय वा कक्षाकोठाहरु नियमित सरसफाई गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    त्यस्तै,  विश्वविद्यालयबाट सञ्चालन हुने कक्षाहरु र परीक्षाहरु नियमित गर्न आग्रह गरेको छ  । परीक्षार्थीलाई सावुनपानीले हातधुने व्यवस्था गर्नुहुन वा सेनिटाइजरको व्यवस्था गर्नुहुन तथा सम्भव भएमा हेल्थ डेस्कको व्यवस्था गर्न त्रिविले आग्रह गरेको छ ।

     विद्यार्थीहरुको सहयोगमा जनचेतनामूलक कार्यक्रमहरु गर्न, पोष्टर पम्प्लेट लगायतका सामाग्रीसहित प्रचारप्रसार गर्न वा गराउन आग्रह गरिएको छ  ।
     विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई  उच्च जोखिममा रहेका मुलुकको सुचीमा राखेको छ ।  त्रिविले कोरोना भाइरसको रोकथामका लागि समग्र उपचार व्यवस्थापनमा काम गर्न र आवश्यक सुझाव पेश गर्न त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक डा. सन्तकुमार दासको अध्यक्षतामा एउटा समिति गठन गरी भई कार्य भइरहेको जनाएको छ । 
      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार