Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माल्दिभ्सकाे उषाको टिमविरुद्ध कामना सम्मिलित पुलिसको जित


    आइतबार, जेष्ठ १५ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ प्रतियोगितामा नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 

    शनिबार राति भएको खेलमा कामनाको टिमले अर्की नेपाली स्पाइकर उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबलाई सोझो सेटमा पराजित गरेकाे हाे । पुलिसले सेट २५–१५, ३१–२९, २५–१९ ले आफ्नो पक्षमा पार्‍याे । 

    सिफाइन्जको प्रतियोगितामा पहिलो हार हो । उसको दुई खेलबाट तीन अंक छ । पुलिसको लगातार दोस्रो जितसँगै ६ अंक भएको छ । 

    नेपाल पुलिस क्लबका खेलाडी द्वय पहिलो पटक विदेशी लिगको अनुभव बटुल्दै छन् । जुन लिगमा १० टिमको सहभागीता रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार