काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं.५ शेर्नाका नेत्र भट्टराई ‘अनिल’ केही समय अघि वडा कार्यालयको कार्यालय सहयोगीका रूपमा रहेका थिए ।
उनका बुवा लक्ष्मी भट्टराईले २५ वर्ष कार्यालय सहयोगी बनेर सेवा निवृत्त भएपछि उनले सो वडा कार्यालयको सहयोगीका रूपमा तीन वर्ष अघि काम गर्ने अवसर पाएका थिए ।
एसएलसी पास गरेर प्लस टु उत्तीर्ण नहुँदै ५–६ वर्ष वैदेशिक रोजगारीमा केही देश डुलेका उनले गाउँफर्केपछि आफै यातायात व्यवसाय सुरु गरेका थिए ।
आफ्नो बुबाले २०० रुपैयाँ तलब हुँदा काम गर्नु भएको र बुवाको वचन त्याग्न नसकेर तीन वर्ष अघि वडा कार्यालयको कार्यालय सहयोगी बनेर काम गरेको उनले बताए ।
वडाबाट हुने हरेक सेवाबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर उनले वडा सचिव र वडाअध्यक्ष समेत नहुँदा आफूले काम गरेर जनताको घरदैलोमा पुर्याएको उपहार स्वरूप यो वर्ष वडा अध्यक्ष बन्न सफल भए ।
तीन महिना अघिसम्म उनलाई जो वडा अध्यक्ष आए पनि आफूले भने जनताको सेवा सँधैभरी विगतमा जस्तै गर्ने सोच आइ रहेको भए पनि एक्कासि वडाअध्यक्ष बन्नु पर्छ भन्ने सल्लाह आएपछि अब भने राजनीतिमा लाग्नु पर्छ भन्ने सोच आएको उनी बताउँछन् ।
जब निर्वाचनको रौनक सुरु हुन थाल्यो तब सम्भावित उम्मेदवारको चर्चा पनि हुन थाल्यो । भट्टराई गाउँमा हुने राजनीतिक छलफलमा सामान्य रूपमा सहभागी पनि हुन थाले ।
जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । उनलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकै पटक नेतृत्व गर्ने ठाउँमा पुर्याइदिएका छन् ।
भट्टराई नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार पनि बने र जित निकाले । भट्टराई जस्तै दाङको राप्ती गाउँपालिका वडा नं.८ का कार्यालय सहयोगी चन्द्रबहादुर गुरुङ पनि वडाध्यक्षमा निर्वाचित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend