Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनाङमा पहिलो पटक आँखा शिविरः ६४ जनाको आँखाको शल्यक्रिया


    शुक्रबार, जेष्ठ १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ ।

    शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए । डा। रुइतले ६४ जना वृद्धवृद्धाका आँखाको शल्यक्रिया गरेका थिए । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए ।

    तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो । एक सातासम्म गाउँगाउँ पुगेर आँखा जाँच गरिएको थियो । 

    आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए । चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् । विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार