Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टेक्सासको विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ


    बिहिबार, जेष्ठ १२ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै  एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् । 

    प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । 

    १८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार