काठमाडौं । भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने प्रहरी र सशस्त्रका हाकिमहरुले रकम असुली गर्न शक्तिको दुरुपयोग गर्दैआएका छन् । प्रहरीको रकम मिटरब्याजमा लिएर लगानी गर्ने वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, कविन शाक्यहरु अरबौंको चलखेल गर्नसक्ने भएका छन् ।
वीरेन्द्रलालले प्रहरीका पूर्वएआइजी किरण गौतम, कल्याण तिमल्सिना, पूर्व डीआइजी तथा हाल एमालेका सांसद नवराज सिलवाल, पूर्वएसपी ढकबहादुर कार्कीसहित धेरैको भ्रष्टाचारको रकम मिटरब्याजमा लगानी गर्दैआएका थिए ।
प्रहरीको रकम मिटरब्याजमा लगानी गर्ने, ४० लाख रुपैयाँ दिएर २ बर्षमा मिटरब्याज जोड्दै ३ करोडको घर जबर्जस्ती कब्जा गरी सयौंलाई सडकमा पुर्याउने काम वीरेन्द्रलालले गरेका थिए । महेशबहादुर सिंहले त पेस्तोल नै देखाएर मिटरब्याजको रकम असुली गर्ने गर्दथे । ५० लाख रुपैयाँ ऋण लिएका उद्धव केसी २ बर्षमा १ करोड तिर्दा पनि अझै २ करोडको चेक छ भन्दै महेशबहादुरले तर्साएपछि सबै सम्पत्ति छाडेर ज्यान जोगाउन जापान पलायन भएको १० बर्षसम्म फर्किन सकेका छैनन् ।
पदमा हुँदा भ्रष्टाचार गरेको सम्पत्ति मिटरब्याजमा लगानी गरेका सशस्त्र प्रहरीका पूर्व एआइजी जानकीराम भट्टराई र पूर्वडीआइजी माधवबहादुर थापाले एक नागरिकमाथि रकम असुल गर्न ज्यादति गरेको खुल्नमा आएको छ । चाहविल बस्ने ठेक्कापट्टाको ब्यवसाय गर्ने रामकाजी श्रेष्ठलाई मिटरब्याजमा लगानी गरेका सशस्त्रका यी दुवै उच्च अधिकारी भट्टराई र थापाले सावाको डबल पैसा लगिसके पनि अझै घरमै आएर बेइज्जत गर्ने, हातपात नै गर्ने गरेको दुखेसो श्रेष्ठले गरेका छन् ।
ब्यवसायी श्रेष्ठले भने–मैले एआइजी भट्टराई र डीआइजी थापासँग ब्याजमा रकम लिएको हुँ, तर सबै तिरिसक्दा पनि अझै पनि घरमै आएर जे पनि गर्नसक्ने धम्की दिइरहनुभएको छ । आज बिहीबार पनि भट्टराई र खत्रीले घरमा आएर धम्की दिएको श्रेष्ठले बताए । उनले आफू असुरक्षित भएको समेत नेपालफेसलाई बताएका छन् ।
सशस्त्र प्रहरीका पूर्वएआइजी जानकीराम भट्टराई र पूर्वडीआइजी माधव थापाले रामकृष्ण श्रेष्ठलाई मिटरब्षजमा पैसा नदिएको बताएका छन् । भट्टराई र थापाले नेपालफेसले बुझ्दै नब्झी एकतर्फी रुपमा समाचार प्रकाशन गरी आफूहरुको प्रतिष्ठामा आँच प्ुर्याउने काम गरेकोमा पनि आपत्ति प्रकट गरेका छन् । मिटरब्याजमा लगानी गरेको पुष्टि गर्न समेत भट्टराई र थापाले चुनौती दिएका छन् ।