Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गरुडा नगरपालिकामा नेकपा एमाले विजयी


    बिहिबार, जेष्ठ १२ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट। रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट प्रमुखमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् । जिल्लाको गरुडा नगरपालिकामा नेकपा एमालेका कलवारले नेकपा एसका बृज किशोर प्रसाद यादबलाई ३८ मतको मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् ।

    नवनिर्वाचित मेयर कखवारले ४ हजार ५ सय ६४ मत पाउँदा यादबले ४ हजार ५ सय २५ मत पाएका छन् । 

    यस्तै, उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी  उम्मेदवार  पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।
    योसँगै  नेकपा एमालेले रौतहटमा तिन वटा पालिकामा जित हात पारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार