Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बिहिबार, जेष्ठ १२ २०७९
    475
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा वर्षा भएको छ ।

    दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

     शनिबार पहाडी भूभागका थोरै  स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार