Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते


    बुधबार, जेष्ठ ११ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम ।। अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । 

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा साेही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । 

    हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार