Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखामा युवकको शंकास्पद मृत्यु


    बुधबार, जेष्ठ ११ २०७९
    400
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याकुका एक युवकको शंकास्पद मृत्यु भएको छ।

    नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका २४ वर्षीय छोरा यानबहादुरको शंकास्पद मृत्यु भएको हो।

    मंगलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए।

    घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताइन्।

    मृतक बस्नेतका बुवा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए। 

    झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए।

    मंगलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार