पोखरा । यसपालि एमाले एकजुट छैनन् । कारण एउटा मात्रै छैन, एमाले कास्कीमा अहिले चरम गुटबन्दी छ । त्यसको सिकार एउटै चुनावमा दुई उम्मेद्वार भए । मनोनयन अघि दीपक पौडेललाई टिकट दिएपछि एमालेका खगराज अधिकारी मार्काले उनको सुन चोरीको भिडियो छताछुल्ल बनाए । त्यही भिडियोले केन्द्रीय नेतृत्वले पौडेलको टिकट खोसिदियो र खगराज समूहकै भनिएका कृष्ण थापालाई टिकट थमायो । पौडेल पृथ्वीसुब्बा गुरुङ गुटको मानिन्छन् ।
मनोनयन अघिसम्म माहोल राम्रै बनाएका थापालाई पार्टी भित्रैबाट झेल हुन थाल्यो । भित्रभित्र पार्टीकै नेताहरु फरक कित्तामा उभिएको आरोप प्रत्यारोप छ । उनलाई पिएस गुरुङ मार्काका नेताहरुले असहयोग गरेको बताइन्छ । त्यसो त, अहिले आइरहेका वडा हेर्दा पनि केही हदसम्म पुष्टी हुन्छ । टिकट खोसिएपछि पौडेल पनि चुप बसे, थापाको प्रचारमा हिडेनन् ।
पोखरामा एमालेले २०७४ मा जितेका अधिकांश वडा गुमाइसकेको छ । ११ वडा मात्रै जितेको कांग्रेसले २० वडा पु¥यायो । एमाले २२ बाट झरेर ९ वडामा सीमित छ । केही वडाको गन्न अझै बाँकी छ । रोचक कुरा के छ भने, एमालेले आफ्नो पकड (किल्ला) दावी गरेका वडाहरु धमाधम गुमाइरहेको छ । एमालेबाट मेयरकै उम्मेद्वार कृष्ण थापाको वडामा अध्यक्ष कांग्रेसले जितेको छ ।
अघिल्लो चुनावमा २ सय ६५ मतान्तरले वडाध्यक्ष सहित प्यानलै चुनाव जितेको एमालेले अहिले १ सय ४८ मतान्तरले अध्यक्ष चुनाव हा¥यो । उम्मेद्वार मात्रै होइन, उम्मेद्वारी खोसिएका मेयरको वडामा पनि चुनाव एमालेले हार्याे । अघिल्लो पटक ४ सय ६३ मतान्तरले प्यानल चुनाव जितेकोमा यसपालि ५१ मतान्तले वडाध्यक्ष कांग्रेसले जित्यो ।
अर्को महत्वपूर्ण वडा हो ३१ । पुर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य खगराज अधिकारीको वडामा यसपालि एमाले पराजीत भयो । यसअघि ५ सय मतान्तरले एमाले उम्मेद्वार विजयी भएका यो वडामा अहिले १ सय ६१ मतान्तरले कांग्रेस विजयी भयो । यी वडाहरुको रिजल्टबाट थाहा हुन्छ, कि एमालेभित्र चरम अन्तरविरोधको अवस्था छ ।
मेयरको टिकट खोसिएका पौडेलको वडाबाट मेयरका उम्मेद्वार कृष्ण थापाले पनि कम मत पाएका छन् । थापाले २ हजार २ सय ६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३ सय ५४ मत पाए । उपमेयरमा भने एमालेकै उम्मे्दवारले लिड गरिन् । एमालेकी मञ्जुदेवी गुरूङले २ हजार ६ सय मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले २ हजार ५ सय ५ मत पाएकी छिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend