Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा 


    आइतबार, जेष्ठ ८ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण ६३ मतले अगाडि छन्।

    २७ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले १० हजार ५६२ र नेकपा (एमाले) का मोहन चापागाईंले १० हजार ४९९ मत प्राप्त गरेका छन्।

    उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित अगाडि छन्। उनले १० हजार २०१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले पाँच हजार १२ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार