Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर अपडेटः रेनु सुवेदीभन्दा ७ हजार ४६५ मतले अगाडि


    आइतबार, जेष्ठ ८ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मतगणना सकिएको छ।

    महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ७ हजार ४६५ मतान्तरले पछि पारेकी छन्।

    दाहालले ३५ हजार २३० मत प्राप्त गर्दा सुवेदीले २७ हजार ७६५ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत प्राप्त गरेका छन्।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १५ हजार ४८१ मतान्तरले पछि पारेका छन्।

    अधिकारीले ३७ हजार ४३६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९५५ मत प्राप्त गरेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार