वीरगञ्ज । बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी विजयी भएको छ । अध्यक्षमा जसपाका ३५ वर्षीय उदयप्रसाद यादव विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंह भन्दा उदयले ६०१ मत बढी पाएका छन् ।
उदयले चार हजार १७६ मत पाएर निर्वाचित हुँदा चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय देवतालले जनाएको छ ।
उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाएकी छन् ।
७ वटा वडा रहेको देवतालमा जसपा र काँग्रेस ३-३ वडामा विजयी हुँदा एउटा लोसपाले जितेको छ ।
वडा नं १, २, ३ मा क्रमशः जसपाका अरुण कुमार सिंह, मनरुदीन मिया ठकुराई, र राम किशोरप्रसाद कुशवाहा विजयी भएका छन् ।
वडा नं ४, ५ र ७ मा नेपाली कांग्रेसका ललन कुमार यादव , सुरेश प्रसाद साह र सतेन्द्र प्रसाद यादव विजयी हुँदा वडा नं ६ मा लोसपाका सञ्जय कुमार ले जितेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend