Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • बलात्कार आरोपमा कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ, मानव बेचबिखनमा मुद्दा चलाउने तयारी


    शनिबार, जेष्ठ ७ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई शनिबार दिउँसो काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    ८ बर्षअघि मिस ग्लोबल इन्टरनेशनलमा भाग लिन आएकी १६ बर्यीया किशोरीलाई पाण्डेले बलात्कार गरेको आरोप लागेको छ । पीडित किशोरीले भिडियोमार्फत् नै पाण्डेले बलात्कार गरेको बिषय भिडियोमार्फत् संचारमाध्यममा सार्वजनिक गरेपछि महिलाहरुले शुक्रबारदेखि प्रधानमन्त्री कार्यालय र माइतीघर मण्डलामा धर्ना दिएर पीडकलाई पक्राउ गर्न दबाब दिंदैआएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरु डा. आरजु राणा, गगनकुमार थापा, निरु पाल सहितका महिलाहरुले बलात्कारको मुद्दामा हदम्याद राखिनु नहुने कुरा उठाएका थिए ।   संसदमा सांसद र सडकमा महिलाहरुको धर्नापछि सभामुख अग्निप्रसाद सापकोटाले बलात्कारको बिषयमा छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिए ।

    सभामुखको निर्देशनपछि सरकारले प्रहरीलाई छानबिन गर्न निर्देशन दियो । प्रहरीले अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

     प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो । शनिबार उनलाई प्रहरीले पक्राउ गरेको छ ।  पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही चलाउने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार