कास्की । पोखरा महानगरपालिकामा नेकपा समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् ।
आचार्यले २९ हजार ८ सय ७ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले २६ हजार ३६५ मत प्राप्त गरेका छन् । थापालाई आचार्यले ३ हजार ४ सय ४२ मतले लिड गरेका छन् ।
उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३० हजार २६० मत प्राप्त गरी झिनो मतान्तरले अघि छन् । एमालेकी उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङले ३० हजार १७६ मत ल्याएकी छन् । उपमेयरमा ८४ मतले रानाभाटले अग्रता लिएकी छन् ।