Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीका ६ पालिकाले स्थानीय सरकार पाए


    शुक्रबार, जेष्ठ ६ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् ।

    जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटीहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका,  लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।

    मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरुको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरुलाई बिदाइ गरिएको छ ।

    बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीसहितको जनप्रतिनिधिको समूह शुक्रबार नै स्थानीय सरकारको हैसियतवाट बिदा भए ।

    बिकाशका लागी बनाएका आधारहरुको निर्वाचित सरकारले स्वामित्व ग्रहण गरि त्यस्लाई पूरा गर्ने विश्वास ब्यक्त गर्दै नगरप्रमुख कार्कीले नगरवासीहरुको समृद्धिको लागि सँगै हातेमालो गर्ने बताए ।

    अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरु कतिपय दोहोरिएका छन् भने कतिपय नयाँ अनुहार छन् । मट्टीहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डललाई पुन: एकपटक स्थानीय सरकारमा सर्वसाधारणहरुले अनुमोदन गरेका छन् । 

    अन्य नगरपालिकामा भने नयाँ अनुहार छन् । अहिलेसम्म निर्वाचित भएका स्थानीय सरकारमा एकडारा गाउँपालिकामा जसपाको नेतृत्वमा, मट्टीहानी नगरपालिकामा पुन: हरि लोसपाको नेतृत्वमा, मनरासिस्वा नगरपालिकामा नेपाली काङग्रेसको नेतृत्वमा, महोत्तरी गाउँपालिकामा तमलोपाको नेतृत्वमा, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा, बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसवाट वागी वनेका प्रल्हाद क्षेत्रीको नेतृत्वमा, लोहारपट्टी नगरपालिका कांग्रेसको नेतृत्वमा, सोनामा गाउँपालिका लोसपाको नेतृत्वमा, औरही नगरपालिका लोसपाको नेतृत्वमा  छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार