बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् । नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने तीव्र चर्चामा रहेको बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।
गया बरईले चार हजार ३८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले तीन हजार २४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह दुई हजार ९६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको सुमन यादवले दुई हजार ४०९ मत प्राप्त गरिन् । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णकुमार सिंह ७६३ मत ल्याई विजयी घोषणा भए भने उनका निकटतम प्रतिद्वन्द्वी क्षेत्रीय सभापतिसमेत रहेका नेपाली कांग्रेसका मुकेश यादवले ७३७ मत प्राप्त गरे ।
वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी ९८३ मत सहित विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सुरेन्द्रनाथ मिश्र ४७२ मतल ल्याए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव ५७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सन्तोष कुमार बरईले ४४८ मत पाए । वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अनिल यादवले ४४१ मत प्राप्त गरे ।
वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह ५४४ मत ल्याई विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारद यादवले ४४४ मत पाए । वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द ६८७ मत ल्याइ विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका अमरनाथ कुर्मीले ६७९ मत पाए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मी ४८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मातीबर कोहारले ४७८ मत पाए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend