Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्ज महानगरमा सरावगीभन्दा राजेशमान १०,३०७ मतले अगाडि


    शुक्रबार, जेष्ठ ६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा सिंह १० हजार ३०७ मतले अगाडि छन् ।

    पछिल्लो मत परिणाम अनुसार राजेशमानले २२ हजार ५९६ मत पाएका छन भने सरावगीले १२ हजार २८९ मत ल्याएका छन् । राप्रपाका गिरिश गिरीले १ हजार ४२४ मत पाएका छन् । हालसम्म मेयर पदमा ९ हजार ३९१ मत बदर छ ।

    उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तम लाल झा भन्दा झण्डै ५ गुणा बढी मत ल्याएका छन् ।

    इम्तियाजले १६ हजार ८६१ मत पाउँदा झाले ३ हजार ५७६ मत मात्रै पाएका छन् । उपमेयरमा बदर मत २१ हजार ४४६ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार