Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसका निलम्बित सांसद अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित


    शुक्रबार, जेष्ठ ६ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । 

    उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए । 

    उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् । 

    बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार