काभ्रे । निर्वाचन आयोगको निर्देशनपछि धुलिखेल नगरपालिका, काभ्रेको मतगणना सुरु भएको छ । र, मेयरमा नेकपा एमालेका अशोक व्यञ्जुको अग्रता कायमै छ ।
मतगणनासम्बन्धी निर्देशिकमा मतपत्र १ देखि ५ सम्म एक पदमा एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गरेको भए उम्मेदवार भएको वा नभएको भए बदर गर्ने व्यवस्था छ ।
तर धुलिखेलमा एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणा समेत भइसकेको छ । तर वडा नम्बर ९ को गणनाका क्रममा एमाले सहमतिबाट पछि हट्यो र निर्देशिकाअनुसार नै मत गणना हुनुपर्ने अडान लियो ।
अरु दल त्यसमा सहमत भएपछि धुलिखेलको मत गणना दुई दिनसम्म रोकिएको थियो । स्थानीय स्तरमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यालयले निवार्चन आयोगको राय माग्यो, जसमा गणना भइसकेको हकमा केही नगर्ने, तर नयाँ गणना निर्देशिकाअनुसार नै गर्न निर्देशन दिएको छ ।
त्यसअनुसार बिहीबार दिउँसोदेखि धुलिखेलको मत गणना सुरु भएको छ ।
हेर्नुहोस् निर्वाचन आयोगको पत्र

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend