Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • विजयी घोषणाको तीन दिनपछि भेटियो मतपेटिका, गणना गर्दा दुई प्रतिस्पर्धीको ‍मत बराबरी


    बिहिबार, जेष्ठ ५ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । बर्दिबासमा मतपेटिका नखोल्दै मतपरिणाम घोषणा गरिएको भेटिएको छ । तीन दिन अगाडि बर्दिबास नगरपालिका-८ को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।

    निर्वाचन अधिकृत सापकोटाले गरेको घोषणाअनुसार माओवादी केन्द्रबाट लामाले आठ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित गरेका थिए ।

    निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए ।

    अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ । बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उनको खुशीमा पूर्ण विराम लागेन ।

    एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत र मगरले ७४४ मत पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार