Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • एन्फा चुनावः अध्यक्ष शेर्पाले भोलि उम्मेदवारी दिने


    बिहिबार, जेष्ठ ५ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । 

    न्युज कारखानासँग बोल्दै अध्यक्ष शेर्पाले भने, ‘भोलि (शुक्रबार) अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरूसँग सल्लाह भइरहेको छ,’ कर्माले भने । 

    यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रूपमा निर्वाचित भएका थिए । 

    तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्द्वी रूपमा उत्रने तयारी गरेका छन् । उनले भने हालसम्म घोषणा गरेका छैनन् । 

    एन्फा चुनाव आगामी ६ असारमा हुँदैछ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार