Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा स्वतन्त्र उम्मेदवार: जसले आफैंलाई भोट हालेनन्


    बिहिबार, जेष्ठ ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गाेरखा । दलबाट होस्, या स्वतन्त्र उम्मेद्वार । चुनावमा उठेपछि सबैको एउटै लक्ष्य हुन्छ, ‘जित’ । भनिन्छ, ‘युद्धपछि मान्छेले जित प्राप्तिका लागि हरेक तिक्डम अपनाउने भनेको चुनावमा नै हो ।’ 

    तर, गोरखामा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ३ मा भने यसको ठिक उल्टो भएको छ । वडा अध्यक्ष पदमा स्वतन्त्र उमेद्वारी दिएका हिरा बहादुर रेग्मीले जित्नका लागि अनेक तिक्डम अपनाउनु त परको कुरा आफैंले आफैंलाई समेत मतदान गरेनन् ।

    रेग्मी नेकपा माओवादी केन्द्रमा क्रियाशील थिए । माओवादी केन्द्रबाट उनी वडाध्यक्ष पदको आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । ‘पुतली’ चुनाव चिह्न लिएर उनी चुनावी मैदानमा होमिएका थिए  । 

    यस वडामा १९०५ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक हुुँदासम्म पनि रेग्मीले १ मत समेत प्राप्त गरेनन् । 

    निर्वाचन अधिकृत कार्यालयका अनुसार उनले मतगणना गर्दा आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएका थिएनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार