गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।
अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३ सय ५५ बढी मत प्राप्त गरे । नेकपा एमालेको समेत साथ पाएका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कडेलले ४ हजार ९ सय ९७ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा ५ सय २ मत बढी पाएका छन् । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गरे । जसपाकोसमेत साथ पाएकी नेकपा एमालेकी उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याईन् ।
पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओबादी केन्द्रसँग पराजित भएका छन् । यस नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईको गृहनगर हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend