Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •   काठमाडौँ महानगर अपडेटः बालेन शाहको मत २० हजार  कट्दा, स्थापितलाई ११ हजार


    बिहिबार, जेष्ठ ५ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •   
    काठमाडौँ ।महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् ।

    महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गरेका छन्  । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।

    नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गरेकी छन्  ।  उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उनले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याएकी छन्।

    एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार