मोहम्मद हबिब
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।
स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार व्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए ।
यस्तै नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।
यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्र की कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ । १३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए ।
१३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।
वडा नम्बर एक बाट ७ सय ५८ मत ल्याई जसपाका उज्जवल पोखरेल, दुई बाट ४ सय ४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८ सय ७ मत ल्याई नारायण उपाध्याय, चारबाट ९ सय ७ मत ल्याई मुक्तिनाथ यादव, पाँचबाट २ सय ६५ मत ल्याई नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, छ का एक हजार १ सय ५ मत ल्याई नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५ सय ३३ मत ल्याई दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १४ सय ८४ मत ल्याई विजयी बनेका छन् ।
यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४ सय ८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६ सय ५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट सोम बहादुर गुरुङले ६ सय ९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend