Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पालुङटारमा रोकिएको मतगणना सुरु


    बुधबार, जेष्ठ ४ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  गोरखा । मतपेटिकामा लगाइएको शिलबन्दीको बिषयमा विवाद हुँदा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको पालुङटार नगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ । 

    मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सुरु गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।

    ‘सबै दलहरु सहमत हुनुभयो, तर जनता समाजवादी पार्टीका प्रतिनिधिले हस्ताक्षर गर्न मान्नुभएन,’ उनले भने, ‘अन्य दलका प्रतिनिधिहरुले सहमति जनाउनुभयो र सुरक्षाकर्मीको रोहवरमा समेत मतगणना सुरु गरेका हौं ।’

    मतगणना रोकिएपछि निर्वाचन अधिकृतको कार्यालयलाई बुधवार पत्राचार गर्दै निर्वाचन आयोगले सुरक्षाको आवश्यक प्रबन्ध मिलाइ मतगणना कार्य प्रारम्भ गर्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार