सुनसरी । सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ ।
वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो । उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु भएको छ ।
अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन् । जसका कारण सबै वडाको मतपत्र स्थगित भएको छ ।
माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन् । मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरू माग छ । साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन् ।
उक्त वडामा नेपाली कांग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ । तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ ।
केही बेरअघि सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो । नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन । अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend