काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए ।
‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्दैन ? उहाँबाट कसरी सुशासन कायम हुन्छ ?,’ प्रश्न गर्दै पूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ (अर्थमन्त्री)ले अर्थतन्त्र डामाडोल बनाउँदै हुनुहुन्छ ।’
पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै पूर्वस्वास्थ्यमन्त्री अधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend