Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्यनेपाल नगरपालिका मेयरमा कांग्रेसका पाण्डे र उपमेयरमा एमालेकी गुरुङ विजयी


    बुधबार, जेष्ठ ४ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपाल मेयरमा  एमालेलाई पराजित गर्दै गठबन्धनका कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्।  उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छिन् ।

    मेयरमा निर्वाचित कांग्रेसका पाण्डेले  ६  हजार ५५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २१४ मत प्राप्त गरेका छन्।

    यसैगरी, नगरपालिकाको उपमेयरमा एमालेकी सीता गुरुङ  विजयी भएकी छिन्। उनले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकि छन्। गठबन्धनबाट  माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५  मत प्राप्त गरे ।  यसअघि पाँच वर्ष नगरपालिकाको प्रमुखमा रहेर काम गरेका पाण्डे पुनः दाेस्राे कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    मध्यनेपालमा  २०७४ को स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। २०७४ मा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार