Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरमा आचार्यको मतान्तर फराकिलो, २०३३ मतले अगाडि


    बुधबार, जेष्ठ ४ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै २०३३ मतको अग्रता लिएका छन् । सुरुवातदेखि नै अग्रता हासिल गरेका आचार्यले निरन्तर मतान्तर बढाउँदै लगेका छन् ।

    पोखरा महानगरपालिकामा ३९३१३ मत गणना भएको छ । बुधबार अपराह्नसम्म गठबन्धनका आचार्यले १६४१९ मत पाएका छन् भने एमालेका कृष्ण थापाले १४३८४ मत प्राप्त गरेका छन् ।

    राप्रपाका शंकर खरालले १६२१ मत प्राप्त गरेका छन् भने लौरो चिह्न लिएका खडकराज पौडेल (गनेस)ले ८९६ मत पाएका छन् ।

    उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटदे १६६६५ मत प्राप्त गरी अग्रता लिएकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १६३९८ मत पाएकी छन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले १३७५ मत ल्याएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार