सप्तरी । सिके राउत नेतृत्वको जनमत पार्टीले नगरपालिकाको मेयरमा जित हात पारेको छ।
सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन् । उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए।
उपमेयरमा जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय भईन्। उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गरिन्। यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित भएकी थिइन्।
त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजय भएका छन्।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend