पोखरा । कास्कीका चारवटा गाउँपालिकाको मतगणना सकिएको छ । अहिले धमाधम पोखरा महानगरको गणनामा ब्यस्तता छ । पोखराको ३० हजारभन्दा बढी गणना भइसकेको छ । अघिल्लो पटक एउटा पालिकाको अध्यक्ष र २७ वडा गुमाएको एमालेले अहिले निकै नोक्सानी ब्यहोरेको छ । त्यसो त, चार पालिकाका ३९ वडामध्ये २१ वटा वडामा फरक पार्टीले चुनाव जितेको छ । अर्को रोचक विषय जहाँ उम्मेद्वार दोहोरिएका छन्, अधिकांश पराजय त्यहिँ भएको छ । पालिका अध्यक्षमा दोहोर्याएका कांग्रेसका युवराज कुँवर एमालेका विष्णु केसीसँग पराजित भए । केसी अघिल्लो चुनावमा उनै कुँवरसँग पराजय भोगेका थिए । अघिल्लो पटक एक हजारभन्दा बढी मत अन्तरले पराजित भएका मादीमा कांग्रेस उम्मेद्वार देवीजंग गुरुङले भारी मतान्तरले चुनाव जिते ।
त्यसको अपवाद, रुपमा भने पालिका अध्यक्ष र उपाध्यक्ष नै दोस्राे कार्यकालका लागि निर्वाचित भएका छन् । वडातर्फ हेर्दा माछापुच्छ्रेमा मात्रै ८ वडामा फरक नतिजा आएको छ । मादीका ७ वडामा फरक पार्टीले अध्यक्ष चुनाव जितेको छ । अन्नपूर्णको ४ र रुपामा २ वडा नयाँ नतिजा आएको छ । अघिल्लो चुनावमा पालिकाका १३ वडा जितेको कांग्रेसले अहिले ६ वडा बढी अर्थात् १९ वडामा जित निकालेको छ । माओवादीको पहिले र अहिले समान (३ वडा) जित छ भने पहिले २३ वडा जितेको एमाले अहिले १७ वडामा खुम्चिएको छ । यो चुनावमा सबैभन्दा बढी नोक्सानी एमालेलाई परेको छ । अहिले पोखराको मतगणना चलिरहेको छ ।
यहाँको नतिजाले जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखसहित पदाधिकारी थप्ने र राष्ट्रिय सभा चुनावसम्म असर गर्छ । चार पालिकामध्ये जिससका लागि एमालेको बहुमत छ । पोखरामा गठबन्धनले चुनाव जिते बराबर हुनेछ । गाउँपालिकामा २ अध्यक्ष र १ उपाध्यक्ष कांग्रेस तथा २ अध्यक्ष र ३ उपाध्यक्षमा एमाले विजयी भएको छ । पोखरामा गठबन्धनले चुनाव जिते एमाले र गठबन्धनको मत बराबर हुनेछ । सहमति नजुटे गोलाप्रथाबाट जिसस प्रमुख र उपप्रमुखसहित ९ सदस्य निर्वाचित हुनेछन् ।
स्थानीय निर्वाचन उम्मेद्वार, उम्मेद्वारको व्यक्तित्व र यसअघिका विजयी जनप्रतिनिधिले गरेका कामका आधारमा नतिजा निर्भर हुन्छ । एउटा कुरा के स्पष्ट भएको छ भने मतदाताहरू सत्ताको प्रतिपक्षमा हुन्छन् भन्ने उदाहरण यो चुनावले दिएको छ । अधिकांश एमालेले जितेका वडाहरु र पालिकासमेत कांग्रेसले जितेको छ भने कांग्रेसले जितेका वडा र पालिका पनि एमालेले जितेको छ । अघिल्लो चुनावमा धेरै मतान्तरसहित हारेको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसले राम्रो कमब्याक गरेको छ । अघिल्लो पटक झिनो मतान्तरले अध्यक्ष गुमाएको अन्नपूर्णमा एमालेले झन् धेरै मतान्तरले चुनाव जितेको छ । मादी भने कांग्रेसले फर्काएको छ । रुपा गाउँपालिकामा कांग्रेस अझै कमजोर भएको छ, जितेका वडामा समेत पकड राख्न सकेको छैन । मत बढ्नुमा अधिकांश नयाँ मतदाता भएपनि मतान्तर बढ्नुमा भने यसअघिका जनप्रतिनिधिले गरेका कामको मुल्यांकन गरेर मतदाताको नयाँ रोजाई प्रमुख कारण हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend