Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा रद्द भएका केन्द्रमा मतदान जारी


    बुधबार, जेष्ठ ४ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । गत वैशाख ३० गते बाराका विभिन्न केन्द्रहरूमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । मतदान केन्द्रहरुमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

    जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिएका छन् ।
    पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रा वि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भैरहेको छ ।

    मतदानको लागि आज बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार