Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्मा गाउँपालिकामा माओवादीको क्लिनस्वीप


    बुधबार, जेष्ठ ४ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ । सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सबै वडा जित्दै  माओवादीले दार्मामा  क्लिनस्वीप गरेको हो । 

    अध्यक्षमा माओवादीका निम बहादुर  केसीले दोस्रो कार्यकालका लागि ४ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत प्राप्त गरे ।

     रामचन्द्रलाई १ हजार ४ सय ५० मतको फराकिलो मतान्तरले निम बहादुरले पराजित गरेका हुन ।  उपाध्यक्ष माओवादी केन्द्रकै जुना मल्ल ४४६६ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी उषा चन्दले २ हजार ८ सय ६४ मत ल्याएकी छन् । मल्लले १ हजार ४ सय ५२ मतले चन्दलाई पराजित गरेकी हुन । 

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन हुँदा वडा नं १ जितेको थियो । तर, यस पटक माओवादीले
     दार्मामा वडा न १ मा टंक केसी, २ मा सार्की खत्री, ३ मा पोखर बहादुर खत्री, ४ मा चन्द्र बहादुर रावत, ५ मा सुदिप केसी र ६ मा देवी खत्री निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार