Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डोल्पाको त्रिपुरासुन्दरीमा एमाले विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएका छन् ।   

    मेयरमा रोकायले २१०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले  १५९६ मत ल्याएका छन् । माओवादीका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १४२२ मत पाएका छन् ।  

    उपाध्यक्षमा निर्वाचित एमालेकी देवी घर्तीले १८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १२९० मत पाएका छन् । नेपाली कांग्रेसकी सावित्री पहाडीले १२७७ मत ल्याएकी छन् ।

    त्रिपुरासुन्दरी नगरपालिकामा यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार