न्युज कारखाना
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।
माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रत्याशी एमालेका इन्द्र नेपालले ६ हजार ७ सय ११ मत ल्याए ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनकी प्रत्याशी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् ।
चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु ) सभामुख अग्नि प्रसाद सापकोटाका भाइ हुन् । २०७४ सालको निर्वाचनमा पनि सो नगरपालिकामा माओवादीलेनै जितेको थियो ।
अहिलेसम्म सिन्धुपाल्चोकमा सात वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका , बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका, बलेफि गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ईन्द्रवती गाउँपालिका अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
नेकपा माओवादी केन्द्रको २, नेपाली कांग्रेस ४, १ नेकपा एमालेले प्रमुख पदमा विजयी हासिल गरेको छ । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह मध्ये ५ वटा पालिकाको मतगणना भने जारी छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend