Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई


    मंगलबार, जेष्ठ ३ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । 

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’ 

    निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए । 

    साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने डा. भट्टराईले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार