डडेल्धुरा । अमरगढी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख डिल्लीराज जोशीले मतदातालाई अहिले गरेको सहयोगले मात्नै नपुग्ने र अझै सहयोग गर्नुपर्ने बताएका छन् । विजयी र्यालीपछि जोशीले यहाँसम्म पुर्याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अझ सहयोग गर्नु पर्ने बताए ।
‘तपाईले सहयोग गर्नु भयो । यो सहयोगले म अमरगढीको विकासमा कटिबद्ध भएर लाग्नेछु। मलाई यहाँसम्म पुर्याउन सहयोग गर्नुभयो, योभन्दा अझ धेरै सहयोग चाहिन्छ,’ उनले भने ।
उनले आफूलाई सहयोग गर्न छोडे विकास नहुने चेतावनी पनि दिए । जोशीले बजार व्यवस्थापन, खानेपानीका समस्या, यातायातका समस्या, सडक बत्तीको समस्या, बसपार्कको समस्यालाई सामाधान गर्ने बताए । सुदूरपश्चिका सात वटा पहाडि जिल्लाको केन्द्रसँगैका साथै डडेल्धुरा रमाइलो भएकोले यसलाई पर्यटकीय नगरपालिकाको रूपमा अघि बढाउने बताए । उनले भने, ‘मलाई सहयोग गर्न छोड्नुभयो भने म विकास गर्न सक्दिन। यत्ति सहयोगले मलाई हुँदैन् । योभन्दा अझ सहयोग गर्नु भयो भने म अमरगढीलाई अगाडि लैजान सक्छु। विकासको काममा सहयोग गर्नु हुनेछ भन्ने आशावादी छु।’
जोशी कांग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा विजयी भएका हुन् । यहाँ कांग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्ट थिए । जोशीले तीन हजार ६ सय १९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्धी भट्टले तीन हजार चार सय २६ मत पाए ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend