पोखरा । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलब सुविधा तोकेको थियो । तर, स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब दिने व्यवस्था संविधानमा नभएको भन्दै गण्डकीसहित ६ वटा प्रदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो । संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधिलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरेको छ ।
त्यसपछि कात्तिक पहिलो दिन नै स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गर्दै सर्वोच्चले तत्काल तलब सुविधा रोक्न फैसला गर्यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवासुविधासम्बन्धी कानुन बदर गर्ने फैसला सुनाएको हो ।
त्यसपछि गण्डकी सरकारले बनाएको तलबसम्बन्धी कानून खारेज भयो । असारमा पुनः सुविधासम्बन्धी कानुन बनायो । कात्तिकदेखि असारसम्म सुविधाविहीन भए जनप्रतिनिधि । नयाँ कानुन बनेपछि रोकिएको महिनाको सुविधासमेत हिसाब गरेर सम्बन्धित स्थानीय तहले जनप्रतिनिधिको खातामा जम्मा गरिदियो । हालसम्म सोही कानुनअनुसार सुविधा दिइरहेका छन् । पहिले ५० हजार हाराहारी रकम पाउने पोखरा महानगरका मेयर र उपमेयरले नयाँ कानुनपछि करिव ७० हजारभन्दा बढी नगद बुझ्न थाले ।
पहिलो कानुन नुसार ६ वटा शीर्षकमा करिव ५० हजार हाराहारी रकम दिने गरेको थियो । अहिले सुविधाका नाममा मासिक ६६ हजारका दरले बुझ्न थालेका छन् । त्यसबाहेक गाडी, मोबिल, मर्मत, इन्धनसमेत महानगरबाटै प्रयोग गर्छन् । कानुनमै गाडी र सवारी चालक दिएको पालिकामा इन्धन र मोबिल सुविधा दिने र गाडी नभएको पालिकामा मासिक रुपमा यातायात खर्च १५ हजार दिने व्यवस्था छ । तर, पोखराका जनप्रतिनिधिहरूले गाडी पनि महानगरकै चढ्छन्, मासिक यातायात खर्चबापतको १५ हजार रुपैयाँ पनि बुझेको पाइएको छ ।
आफुहरूले राम्रोसँग कानुन नहेरेका कारण त्रुटी भएको महानगरका लेखा प्रमुख जयराम पौडेलले बताए । ‘गाडी दिएको ठाउँमा यातायात खर्च नहुनुपर्ने हो । भूलवश गयो होला,’ उनले भने, ‘कानुनविपरीत रहेछ भने फिर्ता लिन्छौं ।’
मेयर र उपमेयरसहित यहाँका केही वडाध्यक्षहरुलाई मोटरसाइकल सुविधा छ । उनीहरूले पनि मासिक यातायात खर्चको नाममा १५ सयका दरले बुझेका छन् । हालसम्म मेयर र उपमेयरले चार लाख ५० हजार रुपैयाँका दरले बढी रकम लिएका छन् । मेयर र उपमेयर चढ्नका लागि महानगरले स्कारपियो गाडी किनिदिएको छ । मासिक इन्धन तोकिएको भन्दा बढी प्रयोग गर्छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend