Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्ज उपमहानगरमा कांग्रेसका बिष्ट प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अगाडि


    मंगलबार, जेष्ठ ३ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज  । नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त बिष्ट प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन्।

    बिष्टले ८३४० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मत पाएका छन् । मिश्रभन्दा बिष्ट ३९६३ मतले अगाडि छन् । 

    यहाँ मेयरमा राप्रपाका नन्दलाल वैश्यले ३३६१ मत प्राप्त गरेका छन । 

    यस्तै उपप्रमुखमा गठबन्धन दलबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत पाएका छन् । राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पछ्याइरहेकी छन्। 

    त्यस्तै  नेकपा एमालेकी शान्तिदेवी ढकालको ४२०० मत प्राप्त गरेकी छिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार