Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुर महानगरमा रेनु दाहालकाे अग्रता


    मंगलबार, जेष्ठ ३ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।

    पछिल्लाे मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् ।

    एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९०५ मत पाएका छन् ।

    भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीकाे गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् ।

    उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८२२ मतसहित पछ्याइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार