Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार


    मंगलबार, जेष्ठ ३ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी  । युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा  दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी उपरक्षा मन्त्री हन्ना मलियारल बताइन् ।

    अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर  विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनले बताइन । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो । 

    घेराबन्दी गरिएको कारखाना नि लुकेका युक्रेनी लडाकुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ । 

    घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन्  । 

    आफ्ना लडाकुहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार