Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङको दिप्रुङ चुईचुम्मामा एमाले विजयी 


    मंगलबार, जेष्ठ ३ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन् ।

    कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । 

    उपाध्यक्षमा मगरले २७३३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमा कटवालले २३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिप्रुङ चुईचुम्मामा कांग्रेस र माओवादी केन्द्र गठबन्धन नगरी चुनावमा भिडेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार