Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्नपूर्णमा एमाले विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । कास्कीको अन्नपूर्णमा दुवै पद नेकपा एमालेले जितेको छ । अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले ५ हजार ९५९ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा केसी उनै कुवँरसँग पराजित भएका थिए ।

    उपाध्यक्षमा एमालेकै चन्द्रकला अधिकारी विजयी भइन् । उनले ६ हजार ६०८ मतसहित विजयी हुँदा निकटम् प्रतिश्पर्धी कांग्रेसकी खेमकुमारी गुरूङले ६ हजार १४ मत पाइन् । अन्नपूर्णका ११ वटा वडामध्ये १, ३, ६, ७, ९ र ११ वडामा एमाले तथा २, ४, ५, ८ र १०  मा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार